एथ्लेटिक्सको सय मिटरमा यम साजन र कृष्णालाई स्वर्ण

इटहरी, पुस ९ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका याम साजन सुनार र त्रिभुवन आर्मी क्लबका कृष्णा चौधरीले स्वर्ण जितेका छन् ।इटहरीस्थित इटहरी रंगशालामा भएको पुरुषतर्फको सय मिटर दौडमा याम साजन सुनारले एपीएफ क्लबका आशिष चौधरीलाई पछि पार्दै स्वर्ण जितेका हुन् । छैटौं राष्ट्रिय खेलकुदमा दोस्रो बनेका सुनारले निर्धारित दुरी १० दशमलब ७० सेकेन्डमा पुरा गरे ।

दोस्रो भएका एपीएफ क्लबका आशिष चौधरीले निर्धारित दुरी ११ दशमलब ०८ सेकेन्डमा पुरा गरे । तेस्रो भएका त्रिभुवन आर्मी क्लबका आनन्द देव चौधरीले  ११ दशमलब २० सेकेन्ड दुरी पुरा गरे । यस्तै महिलातर्फको स्वर्ण जित्ने क्रममा आर्मीका कृष्णा चौधरीले निर्धारित दुरी १३ दशमलब १५ सेकेन्डमा पुरा गरिन् । दोस्रो भएकी आर्मीकै दुर्गा देवकोटाले १३ दशमलब २० सेकेन्डमा पुरा गरिन् भने तेस्रो भएकी नेपाल पुलिसका चन्द्रकला थापाले १३ दशमलब ३२ सेकेन्डमा पुरा गरिन् ।


 

Share your thoughts: