युथ तथा जुनियर एथलेटिक्स सोमबार

काठमाडौं,असोज १ ।  नेपाल एथलेटिक्स संघको आयोजनामा प्रथम युथ तथा जुनियर एथलेटिक्स च्याम्पियनसिप सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा युथ र जुनियरतर्फ पाँच विकास क्षेत्रबाट १५ का दरले ७५ खेलाडीले २६ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् । युथतर्फ पुरुष÷महिलामा समान ३–३ स्पर्धा समावेश छन् । बाँकी १०–१० स्पर्धा जुनियरतर्फ पुरुष÷महिलाको रहेको छ । दुईदिने प्रतियोगताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

Share your thoughts: