दोस्रो संस्करणको ज्येष्ठ खुल्ला राष्ट्रिय ब्याडमिन्टन

काठमाडौँ । दोस्रो संस्करणको ज्येष्ठ खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट राजधानीमा सुरु हुने भएको छ । आयोजक ज्येष्ठ ब्याडमिन्टन एकडेमीले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बुधबार सुरु हुने जानकारी दिएको हो ।

बसुन्धारा चौकीस्थित एकेडमीको हलमा तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न ८ इभेन्ट्सहरु समावेश गरिएको छ । प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल, यु–१७ पुरुष एकल, यु–१७ महिला एकल, मिश्रीत युगल, मास्टर ३५ प्लस र मास्टर ४५ प्लस इभेन्ट्स समावेश छन् । पुरुष युगलमा नेपालको बरियताको १० स्थानभित्र पर्ने खेलाडीले खेल्न नपाउने आयोजकले जानकारी दिएको  छ ।


पुरुष एकल तथा युगलको विजेताले नगद २५ हजार प्राप्त गर्नेछन् । यस्तै उपविजेताले १५ हजार, तेस्रोले १० तथा सेमिफाइनलमा पराजित हुनेले समान ८–८ हजार प्राप्त गर्नेछन् । महिला एकलको विजेताले २० हजार, उपविजेताले १२ हजार, तेस्रोले ८ हजार र सेमिफाइनलमा पराजित हुनेले समान ४–४ हजार पाउने छन् ।

त्यस्तै मिश्रीत युगल यु–१७ पुरुष एकल र महिला एकलको विजेताले १६ हजार, उपविजेताले ८ हजार तथा तेस्रो हुने दुवैले समान ६–६ हजार प्राप्त गर्दा सेमिफाइनलमा पुग्नेले समान ४–४ हजार पाउने छन् । यस्तै मिश्रीत युगलको बिजेताले २० हजार,  उपविजेताले १२ हजार प्राप्त गर्दा तेस्रो हुनेले ६ हजार पाउदा मास्टर ३५ प्लस र ४५ प्लसका विजेताले समान २० हजार, दोस्रोले १२ हजार सेमिफाइनमा पुग्नेले ८–८ हजार पाउनेछन् । सेमिफाइनलमा पुग्नेले समान ४ – ४ हजार पाउने छन् । प्रतियोगिताभर फेयर प्ले खेल्ने एक खेलाडीले १० हजार नगद पुरस्कार पाउने छन् ।

Share your thoughts: