पल्सर स्पोर्ट्स अवार्ड: महिला तर्फ नङ्शल तामाङ उत्कृष्ट

काठमाडौं,भदौं २६ । पल्सर स्पोर्ट्स अवार्डको महिला तर्फ  ब्यडमिन्टनकी नङ्सल तामाङले जितेकी छिन् । उत्कृष्ट महिला विधामा विजेता बनेकी नङ्सलले ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । त्यस्तै, सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सिंगल्स, डबल, मिक्स डबल र टिम स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् । घरेलु प्रतियोगितामा सिंगल्स र टिममा गरी ७ उपाधि, २ मा उपविजेता र एक मा तेस्रो भएकी छिन् । भोजपुरमा जन्मिएकी नङ्सल तामाङ नेपाली ब्याडमिन्टनकी नम्बर १ खेलाडी हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा गरेको कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट गल्फका घनश्याम थापा सम्मानित भए । कार्यक्रममा उत्कृष्ट युवा खेलाडीमा जुडोकी मनिता श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्सका पुष्पराज ओझा, पारा एथ्लेट् अफ दि इयर नेत्रहिन खेलाडी पदम बडेला र स्पेशल अवार्डबाट बन्दी सहायता नियोगलाई सम्मान गरिएको छ । यस्तै एसएमएस तथा फेसबुकमा भएका भोटिङमा धेरै भोट ल्याउनेलाई प्रदान गरिने पिपुल्स च्वाइस अवार्डबाट एथ्लेटिक्सकी कान्छीमाया कोजु सम्मानित भएकी छिन् । 

Share your thoughts: