खुल्ला ब्याडमिन्टन:प्रतियोगिता रत्न र दिपेश प्रि–क्वार्टरमा

काठमाडौं, असोज १६ । नेपाल आर्मी क्लबकाद्धय रत्नजित तामाङ र दिपेश धामी ज्येष्ठ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबारबाट शुरु भएको प्रतियोगिता अन्तर्गतका खेलमा आर्मीका रत्नले ज्येष्ठ ब्याडमिन्टनका प्रिन्स दाहाललाई २१–१३ र २१–८ को सोझो सेटमा पराजित गर्दै प्रि–क्वाटर फाइनलम ास्थान सुरषित गरेको हो । 


यस्तै आर्मीकै दिपेश धामीले ज्येष्ठका भरुन सिलाई २१–११ र २१–८ ले पराजित ग¥यो । आइतबारका अन्य खेलमा पुलिसक विष्णु कटुवालले आर्मीका रुपेश महर्जनलाई २१–१६ र २१–१२ ले तथा ज्येष्ठका गौचन कठायतले सशस्त्रका सुदिप सेढाईलाई २१–१३ र २१–११ ले स्तब्ध पार्दै अन्तिम १६ मा स्थान बनाए । यस्तै पुरुष सिंगल्सतर्फ कैलालीका सञ्जीव खड्का, आर्मीका नवीन श्रेष्ठ, सशस्त्रका विजित थापामगर र भोजपुरका विकास श्रेष्ठले पनि आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए । यस्तै पुरुष सिंगल्सतर्फ पोखराका भुगोल गुरुङ र लक्ष्मण श्रेष्ठको जोडीले तिनचुलीका विशाल लिङथेप र बसन्त लिम्बुको जोडीलाई २१–११ र २१–१४ ले पाखा लगायो । 


सशस्त्रका इन्द्र महता र पंकज चन्दको जोडीले फ्लेकसका दिनेश राई र सन्तोष भट्टराईको जोडीलाई २१–१३, १६–२१ र २१–१० ले तथा ज्येष्ठका सुनिल जोशी र गौतम कठायतको जोडीले पाल्पाका विकास कार्की र विनय खातीको जोडीलाई २१–९ र २१–१९ ले पाखा लगाउदै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरे । कपिलवस्तुका सन्दिप श्रेष्ठ र रितेश थापाको जोडीले मकवानपुरका सुनिल श्रेष्ठ र अभिषेक बोसबाट तथा आर्मीका राम राई र सुरज महर्जनको जोडीले शशी रावत र अर्जुन छन्त्यालबाट वाक ओभर पाए । प्रतियोगिता अन्तर्गत सोमबारबाट पुरुष सिंगल्स र डबल्स तथा मास्टर ३५ का प्रि क्वार्टर तथा क्वार्टर फाइनलका खेलहरु हुने आयोजकले जनाएको छ । 


नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा असोज २० गते सम्म चल्ने प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला डबल्स, यु–१५ पुरुष, मास्टर ३५ वर्ष भन्दा माथी र ४५ वर्ष भन्दा माथीको उमेर समुहमा गरी ६ इभेन्ट समावेश छ । प्रतियोगिताको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगिताको पुरुष एकल विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनलमा पुगेको दुई खेलाडीले समान ८ हजार, पुरुष डबल्स विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनल पुग्नेले समान ८ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन । महिला डबल्स विजेताले २० हजार, उपविजेताले १२ हजार, सेमिफाइनलमा पुग्नेले समान ७ हजार पाउनेछन । 


यसैगरी यु–१५ पुरुष तर्फको विजेताले १५ हजार, उपविजेताले ८ हजार, सेमिफाइनलमा पुगेको खेलाडीले समान ५ हजार पाउनेछन । त्यस्तै मास्टर(३५ वर्ष) को विजेताले २० हजार, उपविजेताले १२ हजार र सेमिफाइनल पुग्नेले ७ हजार, मास्टर(४५वर्ष) तर्र्फको विजयीले २० हजार, उपविजेताले १२ हजार र तेस्रो हुने दुई खेलाडीले ८ हजार पाउनेछ

Share your thoughts: