भ्याली पब्लिक बास्केटबल: सैनिक र ग्रिनल्यान्डलाई सफलता

काठमाडौं,कात्तिक २६ ।  राजधानीमा जारी ११ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलमा सैनिक आवासीय मावि र ग्रिनल्यान्ड स्कुलले सफलता हासिल गरेका छन् । गल्फुटारस्थित आयोजक भ्याली पब्लिक उच्च माविको कोर्टमा भएको खेलमा छात्रतर्फ सैनिक आवासीय माविले काठमाडौं इंग्लिस स्कुललाई २९–२३ स्कोरले पराजित ग¥यो भने ग्रिनल्यान्डले रुपिज स्कुललाई ४५–३१ स्कोरले पाखा लगायो । ग्रिनल्यान्डका अनमोल आचार्यले १४ अंक बटुले ।


छात्रतर्फकै अन्य खेलमा टीआइएले फोलिसिस स्कुललाई ४०–२९ अंकले हराउँदा बसुन्धारा एकेडेमीले लोयल्टी स्कुललाई ४९–२९ अंकले पाखा लगायो । बसुन्धारालाई जिताउन  पूर्ण तामाङले १५ स्कोर गरे ।

 

शुक्रबार सम्पन्न छात्रातर्फको खेलमा भ्याली पब्लिक बीले पृथ्वी बोर्डिङ स्कुललाई ३०–२१ ले हराउँदा दृष्टि श्रेष्ठ र अस्मिता थापाले समान ११ स्कोर गरे । छात्रातर्फ नै ग्रिनल्यान्डले काठमाडौं इंग्लिस स्कुललाई १९–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डका प्रमिला जागरी र सुदिना श्रेष्ठले ७÷७ स्कोर गरे । त्यसैगरी अर्को खेलमा भ्याली पब्लिक एले लोयल्टी एकेडेमीलाई ३९–२९ स्कोरले हरायो । भ्यालीकी रोशनी श्रेष्ठ र प्रतिक्षा मगरले समान १६ स्कोर गरे । 


Share your thoughts: