मोर्गन कप राष्ट्रिय बास्केटबल प्रतियोगिता सुरु

काठमाडौं,असार १० । नेपाल बास्केटबल संघको आयोजनामा १२ औं महिला तथा १३ औं पुरुष मोर्गन कप राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।   प्रतियोगिताको मुख्य प्रायोजक बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा आजदेखि प्रतियोगिता सुरु भएको हो । केहि खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल पनि हुनेछ । 

नेपाली सिनियर पुरुष टिमले जुलाइ ६ देखि ८ तारिखसम्म भारतको बैंगालुरुमा हुने २४ औं फिबा एसिया च्यालेन्ज क्वालिफाइङमा सहभागिता जनाउने भएकाले सिनियर पुरुष टिमका सदस्यले प्रतियोगितामा भाग लिन पाएका छैनन् । 


Share your thoughts: