मोर्गन कप बास्केटबल: एनसीसीएसको विजयी सुरुआत,मोर्गन पराजित

काठमाडौं, असार १०  । एनसीसीएसले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको महिलातर्फ शुक्रबार विजयी सुरुआत गरेको छ । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा एनसीसीएसले मोर्गनलाई ३३–३० ले पराजित ग¥यो । एनसीसीएसको जितमा लोमससिंह श्रेष्ठले १० अंक योगदान गरिन् ।

सुरुका दुई क्वाटरमा एनसीसीएसले १२–६ र ६–४ को अग्रता कायम गर्दै जितको आधार खडा ग¥यो । मोर्गनले तेश्रोमा ८–७ र चौथोमा १२–८ स्कोर गरेपनि जित हात पार्न सकेन ।

प्रतियोगिताको बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले रेफ्रीद्वय दुर्गाबहादुर थापा र सागर श्रेष्ठलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । असार २० गतेसम्म चल्ने प्रतियोगिताको पुरुषमा ८ र महिलामा ६ गरी १४ टिम सहभागी छन् । असार १५ गतेसम्मका खेलहरु मोर्गनमा हुने छ । त्यसपछिका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

Share your thoughts: