मोर्गन कप: जेभियरलाई दोहोरो सफलता

काठमाडौं, असार ११  । जेभियर इन्टरनेसनलले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो सफलता हात पारेको छ । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको पुरुष प्रतिस्पर्धामा जेभियरले मोर्गनलाई ७५–६१ ले पराजित ग¥यो । जेभियरको जितमा विनेश न्यौपानेले २९ अंक योगदान गरे । महिलामा जेभियरले मोर्गनलाई नै ४२–३० ले हरायो । जेभियरकी सविना मगरले १४ अंक जोडिन् । महिलामा मोर्गनको यो लगातार दोश्रो हार हो ।
महिलाको अर्को खेलमा ह्वाइटहाउसले एनसीसीएसलाई ५८–१४ को फराकिलो अन्तरले निराश पा¥यो । विजेता टिमकी अनुषा मल्लले १६ स्कोर गरिन् ।

Share your thoughts: