मोर्गन कप: बाबाको सफल सुरुआत

काठमाडौं, असार १२ । बाबाले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुआत गरेको छ । बाबाले केइसीलाई ६३–३७ ले पराजित ग¥यो । बाबाका अनिश मगरले १६ अंक जोडे । सुरुको क्वाटरमा ४–१० ले पछि परेको बाबा बाँकी क्वाटरमा भने अगाडि रह्यो । खेलमा फर्केको बाबाले बाँकी क्वाटरमा क्रमशः २६–१०, १९–५ र १४–१२ अंक जोड्यो ।

महिलामा प्राइमले मोर्गनलाई ४८–१९ ले हरायो । चालू प्रतियोगिताको महिलातर्फ लगातार तेश्रो हार व्यहोरेको मोर्गनलाई प्राइमले कुनैपनि क्वाटरमा अग्रता लिने मौका दिएन । प्राइमको जितमा लुनिभा सिंहले १७ अंक योगदान गरिन् ।
प्राइमले पहिलोमा १५–७ र दोश्रोमा ११–२ अंक जोड्यो । त्यस्तै प्राइम तेश्रोमा १२–२ र चौथोमा १०–८ ले अगाडि रह्यो ।

Share your thoughts: