मोर्गन कप बास्केटबल: जिएए र प्राइमको जित

काठमाडौं, असार १३  । जिएए र प्राइमले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेका छन् । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भइरहेको प्रतियोगिताको पुरुषतर्फ जिएएले जेभियर इन्टरनेसनललाई ८५–६९ ले पराजित ग¥यो । जिएएको जितमा विकास गुरुङले २२ अंक योगदान गरे । जेभियरका विनेश न्यौपानेले १८ अंक बटुले ।

पहिलो क्वाटरमा १९–१४ को अग्रता लिएको जिएएले दोश्रोमा पनि अग्रतालाई कायम राख्दै २५–१५ अंक जोड्यो । जिएए तेश्रोमा १६–१७ ले पछि प¥यो भने चौथोमा पुनः २५–२३ को अग्रता हासिल ग¥यो ।
महिलाको राउन्ड लिगमा प्राइमले जेभियरलाई ३५–१८ ले सहजै हरायो । प्राइमकी लुनिभा सिंहले १२ स्कोर गरिन् । जेभियरबाट साइना मगरले ८ अंक जोडिन् । प्राइमले पहिलोमा ९–६ र दोश्रोमा ६–० को प्रदर्शन ग¥यो । त्यस्तै प्राइमले तेश्रोमा ८–१० र चौथोमा १२–२ अंक जोड्यो ।

Share your thoughts: