बीएमएस बास्केटबल बिहीबारदेखि

काठमाडौं,असार १७ । बौद्ध मेरिडियन स्कुलको आयोजनामा प्रथम बीएमएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने आयोजक बौद्ध मेरिडियनका भाइस प्रिन्सिपल दिनेश न्यौपानेले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छन् । समूह ‘ए’ मा आयोजक बौद्ध, ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए), मल्पी इन्टरनेसनल स्कुल र बाबा बोर्डिङ स्कुल रहेका छन् । त्यस्तै बृहस्पति विद्या सदन, द एक्सेल्सियर स्कुल, रुपजि इन्टरनेसनल स्कुल र मेरिडियन इन्टरनेसनल स्कुल समूह ‘बी’ मा छन् । प्रतियोगितामा जम्मा १५ खेल हुने छन् ।
विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षाका अलावा अत्तिरिक्त कृयाकलाप पनि उत्ति नै महत्वपूर्ण हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको भाइस प्रिन्सिपल न्यौपानेले बताए ।
प्रतियोगिताका खेलहरु जोरपाटीस्थित आयोजककै कोर्टमा हुने छ । फाइनल असार ३० गते हुने छ ।

Share your thoughts: