अन्तरविद्यालय छात्र बास्केटबल: मल्पी र रुपिजको विजयी सुरुआत

काठमाडौं, असार २३  । मल्पी इन्टरनेसनल स्कुल र रुपिज इन्टरनेसनल स्कुलले प्रथम बीएमएस अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेका छन् । मल्पीले आयोजक बौद्ध मेरिडियन स्कुललाई ३९–१४ ले पराजित ग¥यो । विजेताका साहिल छुकेले १४ अंक जोडे । चारै क्वाटरमा अग्रता लिएको मल्पीले क्रमशः ११–२, १२–५, १०–२ र ६–६ अंक जोड्यो ।

रुपिजले एक्सेल्सियरलाई ३३–२६ ले हरायो । रुपिजको जितमा चाल्र्स लैमले १६ अंक योगदान गरे । पहिलो क्वाटरमा १०–५ को अग्रता लिएको रुपिज दोश्रोमा ४–५ ले पछि प¥यो । रुपिजले तेश्रो क्वाटर ११–८ ले आफ्नो पक्षमा पा¥यो भने चौथो तथा अन्तिम क्वाटर ८–८ को बराबरीमा सकियो ।

प्रतियोगिताको बौद्ध मेरिडियनका भाइस प्रिन्सिपलद्वय दिनेश न्यौपाने र सागर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे । प्रतियोगितामा विभिन्न ८ विद्यालयका आठै टिम सहभागी छन् । लिग कम नकआउट आधारमा सञ्चालित प्रतियोगिताको फाइनल असार ३० गते हुनेछ ।

Share your thoughts: