बास्केटबलमा टीयू च्याम्पियन

काठमाडौं,असार २९ । पुरुष बास्केटबलमा टीयू च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा भएको फाइनलमा टीयूले केयूलाई ४८–३१ ले पराजित ग¥यो । टीयूको जितमा किशोर न्यौपानेले १९ अंक योगदान गरे ।  पहिलो क्वाटरमा १२–६ ले अगाडि बढेको टीयूले अन्तिमसम्म अग्रता जोगाइ राख्दै दोश्रोमा ८–५, तेश्रोमा १०–८ र चौथोमा १८–१२ अंक जोड्यो ।

पूर्वाञ्चल विश्वविद्यालयले तेश्रो स्थानमा चित्त बुझायो । पूर्वाञ्चलले कृषि विज्ञान विश्वविद्यालयलाई ४०–२६ ले हरायो । कृषिको जितमा छिरिङ लाक्पा शेर्पाले १९ स्कोर गरे ।
 

Share your thoughts: