ग्रिलल्यान्ड र इनोभेटिभको विजयी सुरुआत

काठमाडौं,असार ३१ । ग्रिनल्यानड र इनोभेटिभ इङलिस स्कुलले सातौं विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबलमा शुक्रबार विजयी सुरुआत गरेका छन् । ग्रिनल्यान्डले काठमाडौं जेभियरलाई २४–११ ले पराजित ग¥यो । विजेताका अनिश श्रेष्ठले १० अंक जोडे । अनिश महर्जनको १४ अंक सहयोगमा इनोभेटिभले विल्सन एकेडेमीलाई ६२–५४ ले हरायो ।

काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा एआईएले रिब्सलाई ४३–२८, क्यारियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले ज्ञानमालालाई ३८–२१, एचएचसीएले रेडिअन्टलाई ४०–२६, गोल्डेनपिकले काठमाडौं इङलिसलाई ३४–९ तथा एलआरआईले ग्रिनविच एकेडेमीलाई २०–११ ले हराए । प्रतियोगिताको आयोजक प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङ र कार्यक्रम संयोजक अनन्त कुँवरले संयुक्त उद्घाटन गरे । साउन ६ गतेसम्म चल्ने प्रतियोगितामा ३२ टिम सहभागी छन् ।
 

Share your thoughts: