हाइल्यान्ड, सेब, एन्जल लर्ड र लोयल्टीको जित

काठमाडौं,साउन १ । हाइल्यान्ड, सेब, एन्जल लर्ड र लोयल्टी एकेडेमीले सातौं विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबलमा शनिबार जित हात पारेका छन् । हाइल्यान्डले कैलाशलाई ३७–२५ ले पराजित ग¥यो । विजेताका हभन बम्जनले १४ अंक जोडे । सुरेश तामाङको ११ अंक सहयोगमा सेबले माउन्ट ग्लोरीलाई ३४–२१ ले हरायो । एन्जल लर्डले बाल विकासलाई ३१–६ को फराकिलो अन्तरले निराश पा¥यो । विजयी टिमका लागि सुजन राईले १३ स्कोर गरे । 

अरुणिमा विरुद्धको खेलमा लोयल्टी ३२–२४ ले विजयी भयो । लोयल्टीको जितमा सोनामले २० अंक योगदान गरे । काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगितामा विल्सन एकेडेमीले ज्ञानमालालाई ३३–२२, टीआईएले ग्रिनविचलाई ३१–२८, एलआरआईले न्यु जेनिथलाई ४०–२४, भ्याली पब्लिकले ड्याफोडिललाई ४६–१०, एन्जल्स हार्टले ओडिसीलाई ४१–३२ तथा बेबिलनले जिलेटलाई ३६–२ ले पन्छाए । 

विल्सनका पेम्बा शेर्पाले १९, टीआईएका दर्शन गुरुङ र विराभस खड्काले समान ८–८, एलआरआईका सागर पाख्रिनले २१, भ्याली पब्लिककाका सुरेश विकले १६, एन्जल्स हार्टका शैलेश कँडेलले १३ तथा बेबिलनका सयुन राईले १२ अंक बटुले । अन्य खेलमा एचएचसीएले एआईएलाई ४७–२८, ग्रिनल्यान्डले गोल्डेनपिकलाई ४०–१९, इनोभेटिभले क्यारियर बिल्डिङ इन्टरनेसनल एकेडेमीलाई ३७–२५ तथा ज्ञाननिकेतनले नेपाल सेन्ट्रललाई ४५–२६ ले हराए । एचएचसीएका विशाल मानन्धरले २१, ग्रिनल्यान्डका अनमोल आचार्यले १२, इनोभेटिभका ईश्वर सापकोटाले १४ तथा ज्ञाननिकेतनका मनीष तामाङले १९ अंक जोडे ।

Share your thoughts: