माउन्ट कैलाश र निम्स सफल

काठमाडौं, साउन ७ । माउन्ट कैलाश र निम्सले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको ब्वाइजतर्फ शुक्रबार विजयी सुरुआत गरेका छन् । कपन भेगस्थित घरेलु कोर्टमा भएको उद्घाटन खेलमा माउन्ट कैलाशले साउथ वेस्टर्नलाई २४–१५ ले पराजित ग¥यो । विजेताका देवबहादुर दवाडीले ८ अंक जोडे । निम्सले डाफोडिललाई ३६–२५ ले हरायो ।

स्टुडेन्ड काउन्सिल अफ माउन्ट कैलाशले आयोजना गरेको प्रतियोगिताको ब्वाइजमै मन्जुगोक्सा र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले पनि सफलता हासिल गरेका छन् । मन्जुगोक्साले न्यु लिरालाई २९–२२ तथा एचएचसीएले गोल्डेनपिकलाई ३३–२० ले निराश पारे ।
गल्र्समा श्रीदिवा र बाबाले सफल सुरुआत गरे । श्रीदिवाले गोल्डेनपिकको चुनौती १२–८ ले पन्छायो । श्रीदिवाको जितमा टासी शेर्पाले ६ अंक योगदान गरिन् । इनोभेटिभ विरुद्धको खेलमा बाबा १९–१४ ले विजयी भयो ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले उद्घाटन गरे । प्रतियोगितामा ब्वाइज र गल्र्समा समान १६–१६ गरी जम्मा ३२ टिम सहभागी छन् ।

Share your thoughts: