भ्याली पब्लिक र निम्सलाई उपाधि

काठमाडौं, साउन १५  । भ्याली पब्लिक र निम्सले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको उपाधि शनिबार जितेका छन् । भ्याली पब्लिक गल्र्स र निम्स ब्वाइजमा च्याम्पियन बने । स्टुडेन्ट काउन्सिल अफ माउन्ट कैलाशद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा भ्याली पब्लिकले निम्सलाई ३०–२८ को साँघुरो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि निलम शेर्पाले १३ अंक योगदान गरिन् ।
कपनभेगस्थित माउन्ट कैलाश बोर्डिङ स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा निम्सले हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) लाई ६८–६२ ले हरायो । निम्सका बुद्ध मगरले १८ अंक जोडे ।
प्रतियोगिताको गल्र्समा भ्याली पब्लिककी प्रतिक्षा मगर तथा ब्वाइजमा निम्सका सुजन  लिम्बू ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । गल्र्समा श्रीदिवा तथा ब्वाइजमा रिलायन्स पब्लिकले अनुशासित टिमको उपाधि हात पारे । साउन ५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १६–१६ गरी जम्मा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Share your thoughts: