इनोभेटिभ र रिलायन्स सेमिफाइनलमा

काठमाडौं,साउन १६ । इनोभेटिभ इङलिस स्कुल र रिलायन्स रेसिडेन्सियल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । हाँडीगाँउस्थित आयोजक श्रीदिवा इन्टरनेसनल स्कुलको कोर्टमा इनोभेटिभले एलआरआईलाई ३६–२७ ले पराजित ग¥यो । विजयी टिमका लागि ममता गुरुङले २१ अंक जोडिन् । रिलायन्सले बृहस्पति विद्या सदनलाई ४६–१० को फराकिलो अन्तरले हरायो । 

रिलायन्सकी कविता जोशीले १२ अंक जोडिन् । गल्र्समै डाफोडिल पनि सेमिफाइनलमा पुग्न सफल रह्यो । प्रतिति बरालको ११ अंक सहयोगमा डाफोडिलले स्किब्सलाई ३६–१८ ले निराश पा¥यो । ब्वाइजतर्फ श्रीदिवा, एलआरआई र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

श्रीदिवाले बृहस्पतिलाई ५१–२२ ले हरायो । श्रीदिवाको जितमा पासाङ शेर्पाले १६ अंक योगदान गरे । एलआरआईले माउन्ट कैलाशमाथि ५८–५४ को जित निकाल्यो । एलआरआईका साहिल विष्टले २८ स्कोर गरे । डाफोडिल विरुद्धको प्रतिस्पर्धामा एचएचसीए ५३–१२ ले सहजै विजयी भयो । विजेताका विशाल राईले १२ अंक बटुले ।
ब्वाइजकै अर्को लिग खेलमा युनिभर्सलले साम्बोट्टालाई ३८–३३ ले पन्छायो । विजेताका ओजल खड्काले १३ अंक बटुले ।

Share your thoughts: