ग्रिनल्याण्ड अन्तर बिद्यालय बास्केटबल: गोल्डेनपीक र चाँदवाक बिजयी

काठमाडौं, साउन ३० ।  गोल्डेनपीक र द चाँदवाक स्कुलले एघारौं क्वीक्स् ग्रिनल्याण्ड अन्तरविद्यालय बास्केटबल प्रलितयोगितामा आइतवार सफलता हात पारेका  छन् । सिनियर ब्वाईजको खेलमा गोल्डेनपीकले भद्रकालीलाई ६६–४६ ले हराउदा बिक्रम सेन्चुरीले सर्वाधिक २० स्कोर गरे । त्यस्तै सुदान्त बिक्रम लामाको १६ स्कोरको मद्दतमा द चाँदवाकले न्यु समिटलाई ४५–२५ ले हरायो । सिनियर ब्वाईजकै अन्य खेलमा ग्रिनल्याण्ड,स्काइलार्क र भ्यालीपब्लिकले सफलता हात पारेका छन् । ग्रिनल्याण्डले टिआइएलाई ४३–४१ ले हराउदा स्काइलार्कले सेबलाई ३७–२५ ले रोक्यो ।   भ्यालीपब्लिकले आयोजक ग्रिनल्याण्ड बीलाई ३२–२२ ले हरायो ।
धापासी स्थित आयोजकको कोर्टमा भएको जुनियर ब्वाईजको खेलमा भ्यालीपब्लिक,लालिगुरास र नेपाल मोडलले सफलता निकालेका छन् । भ्यालीपब्लिकले इनोभेटिभलाई २८–१८ ले हराउदा लालिगुरासले बिएमएलाई १६–९ले निराश बनायो । नेपाल मोडलले डेबिड राजन मेमोरियल(डिआर) स्कुललाई २३–१५ ले रोक्यो ।
 

Share your thoughts: