न्यु समिट प्रिक्वाटरफाइनलमा

काठमाडौं,भदौ २७ । न्यु समिट सातौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ को लिग खेलमा न्यु समिटले डिएभीलाई ५०–२३ ले पराजित गर्दै समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको हो । न्यु समिटको जितमा पविन राईले १८ अंक योगदान गरे । यो समूहबाट गोल्डेनगेट इन्टरनेसनल कलेज विजेता बन्दै प्रिक्वाटरफाइनल पुगिसकेको छ ।

Share your thoughts: