लुम्बिनी र क्वेस्टलाई उपाधि

काठमाडौं,भदौ २७ । लुम्बिनी र क्वेस्टले १० औं एलए कप अन्तर्गत बास्केटबलको उपाधि सोमबार जितेका छन् । लुम्बिनी गल्र्स तथा क्वेस्ट ब्वाइजतर्फ च्याम्पियन बने । गल्र्सको फाइनलमा लुम्बिनीले सेन्ट जेभियर्सलाई ४२–१८ ले पराजित ग¥यो । लुम्बिनीकी शान्ति श्रेष्ठले १८ अंक जोडिन् । उपाधिसंगै लुम्बिनीले १५ हजार नगद पुरस्कार पायो भने सेन्ट जेभियर्सले ८ हजार नगदमा चित्त बुझायो ।

ब्वाइजको उपाधि भिडन्तमा क्वेस्टले जेभियर इन्टरनेसनललाई ४८–४२ ले हरायो । क्वेस्टका प्रजुन पोखरेलले ३२ अंक जोडे । पहिलो भएको क्वेस्टले २० हजार तथा दोश्रो भएको जेभियरले १० हजार नगद पुरस्कार जिते । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय शान्ति र प्रजुन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

 

Share your thoughts: