अन्तरकलेज बास्केटबल :न्यु समिटको दोश्रो जित

काठमाडौं, भदौ २८  । न्यु समिटले सातौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ मंगलबार लगातार दोश्रो जित हात पारेको छ । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा न्यु समिटले रोजबडलाई २७–२१ ले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । विजेताकी सुशीला राईले १६ अंक जोडिन् । गल्र्सको अन्य खेलमा नासाले लिटिल एन्जल्सलाई ४३–१० तथा ट्रिनिटीले आयोजक बर्नहार्टलाई ३१–९ ले सहजै हराए ।

ब्वाइजमा क्याम्पियन, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी), मोर्गन, नासा र लिभरपुल इन्टरनेसनल कलेजले जित आत्मासात् गरे । क्याम्पियनले राइजिङ स्टारलाई ३९–३५ ले पन्छायो । क्याम्पियनका विनोदले १६ अंक जोडे । मनीष केसी र आशिष बस्नेतको समान १२–१२ अंक सहयोगमा सीसीआरसीले सानलाई ४६–३१ ले निराश पा¥यो । मोर्गनले केएमसीमाथि ५८–२१ को जित निकाल्यो । मोर्गनका दीपकले १६ स्कोर गरे । नासाले ग्रिनविचको चुनौती २३–१२ ले समाप्त पा¥यो । नासाका दीपेशले ७ अंक बटुले । रोजबड विरुद्धको खेलमा लिभरपुल ५७–४८ ले विजयी भयो । लिभरपुलका सन्जितले १३ अंक जोडे ।

Share your thoughts: