जेभियर र ट्रिनिटी सेमिफाइनलमा

काठमाडौं, भदौ ३०  ।  जेभियर इन्टरनेसनल कलेज र ट्रिनिटी इन्टरनेसनल कलेज सातौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ को लिग खेलमा जेभियरले न्यु समिटलाई २७–१४ ले पराजित गर्दै विजेता बन्यो । जेभियरको जितमा मीना गुरुङले ७ अंक योगदान गरिन् । न्यु समिट पनि समूह उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो । साम छोईंको १० अंक सहयोगमा ट्रिनिटीले लिटिल एन्जल्स (एलए) लाई ३०–१२ ले हरायो ।

बल्खुस्थित काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा ट्रिनिटी, प्राइम, टाइम्स, मोर्गन र जेभियर प्रिक्वाटरफाइनलमा पुगे । ट्रिनिटीले आईडियल मोडेललाई ५९–२९ ले पन्छायो । विजेताका राजन सुनामले १७ अंक जोडे । प्राइमले ज्ञाननिकेतनको चुनौती ५९–२७ ले समाप्त पा¥यो । प्राइमका सन्तोषले ७ स्कोर गरे । टाइम्सले सैनिकमाथि ५९–१७ को जित दर्ता ग¥यो । टाइम्सको जितमा अमिनले १९ अंक योगदान गरे । मोर्गनले एलएलाई ४७–३२ ले निराश पा¥यो । मोर्गनका किशोरले २२ अंक बटुले । सान विरुद्धको खेलमा जेभियर ६५–३९ ले विजयी भयो । जेभियरका अजंग राईले १८ अंक जोडे ।

Share your thoughts: