लिभरपुल र सीसीआरसी क्वाटरफाइनलमा

काठमाडौं,भदौ ३१ । लिभरपुल इन्टरनेसनल कलेज र सीसीआरसी सातौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

लिभरपुलले केएमसीलाई ४३–८ ले पराजित ग¥यो । लिभरपुलको जितमा रोनाल विष्टले ७ अंक योगदान गरे । सीसीआरसीले आयोजक काठमाडौं बर्नहार्ट कलेजलाई ५१–३५ ले हरायो । विजेताका अनुप बस्नेतले १८ अंक जोडे ।

त्यस्तै टाइम्स, ट्रिनिटी, एन्जल्स हार्ट, प्राइम, गोल्डेनगेट र रोजबडले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । टाइम्सले ग्रिनफिल्डलाई ४०–३० ले पाखा लगायो । टाइम्सका आकाश नकर्मीले १३ स्कोर गरे । सरोज सापकोटाको १९ अंक सहयोगमा ट्रिनिटीले जेभियर इन्टरनेसनललाई ६५–३९ ले निराश पा¥यो । एन्जल्स हार्टले सैनिकमाथि ५८–२४ को जित दर्ता ग¥यो । विजयी टिमका लागि प्रवीण मगरले १८ अंक बटुले ।


प्राइमले न्यु समिटलाई ५५–३४ ले पन्छायो । प्राइमका दिप्रिश बज्राचार्यले १६ अंक जोडे । गोल्डेनगेटले क्याम्पियनको चुनौती ४१–३२ ले समाप्त पा¥यो । गोल्डेनगेटका तेन्जिङ छोडरले १२ अंक जोडे । मोर्गन विरुद्धको खेलमा रोजबड ६३–६१ को साँघुरो अन्तरले विजयी भयो । रोजबडका प्रलब महर्जनले २० स्कोर गरे ।

Share your thoughts: