नासा र ट्रिनिटी फाइनलमा

काठमाडौं,असोज १ । नासा र ट्रिनिटी इन्टरनेसनल कलेज सातौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् । नासाले न्यु समिटलाई ३६–१७ ले पराजित ग¥यो । नासाको जितमा अनिशा बस्नेतले १६ अंक जोडिन् । सुनीताको १२ अंक सहयोगमा ट्रिनिटीले जेभियर इन्टरनेसनल कलेजलाई ३३–३० को साँघुरो अन्तरले हरायो । काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा ट्रिनिटी, प्राइम, टाइम्स र सीसीआरसी सेमिफाइनलमा पुगे ।

ट्रिनिटीले रोजबडलाई ४९–३५ ले पाखा लगायो । ट्रिनिटीका राजन सुनामले १८ स्कोर गरे । प्राइमले एन्जल्स हार्टको यात्रा ४८–२९ ले पूर्णविराम लगायो । प्राइमको जितमा सुरज खड्गीले १७ अंक योगदान गरे । टाइम्सले गोल्डेनगेट इन्टरनेसनल कलेजमाथि ३६–२४ को जित दर्ता ग¥यो । टाइम्सका मीनराजले ११ अंक जोडे । लिभरपुल इन्टरनेसनल कलेज विरुद्धको खेलमा सीसीआरसी ४९–२६ ले विजयी भयो । सीसीआरसीका मनीष केसीले १८ स्कोर गरे । सेमिफाइनलमा सीसीआरसीको भेट टाइम्ससंग हुनेछ भने ट्रिनिटीले प्राइमको सामना गर्नेछ ।

Share your thoughts: