ट्रिनिटी र सीसीआरसी फाइनलमा

काठमाडौं, असोज २ ।  ट्रिनिटी इन्टरनेसनल कलेज र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) सातौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा ट्रिनिटीले प्राइमलाई ४६–२८ ले पराजित ग¥यो । विजयी टिमका लागि राजन सुनामले १८ अंक जोडे । सीसीआरसीले टाइम्सलाई ४५–४३ को साँघुरो अन्तरले हरायो । सीसीआरसीको जितमा अनुप बस्नेतले १३ अंक योदान गरे । बल्खुस्थित काठमाडौं बर्नहार्ट कलेजको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्सतर्फ नासा र ट्रिनिटीले उपाधि भिडन्त पक्का गरिसकेका छन् । फाइनल सोमबार हुनेछ ।

 

Share your thoughts: