सीसीआरसी र नासालाई उपाधि

 काठमाडौं, असोज ३  ।  क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र नासा इन्टरनेसनल कलेजले सातौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा नासा गल्र्समा च्याम्पियन बने । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा सीसीआरसीले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४७–४२ ले पराजित ग¥यो । सीसीआरसीको जितमा अनुप बस्नेतले १७ अंक योगदान गरे । लगातार तीन क्वाटरमा अग्रता लिएको सीसीआरसीले पहिलोमा ११–९, दोश्रोमा १५–१२ र तेश्रोमा १२–१० अंक जोड्यो । चौथो तथा अन्तिम क्वाटरमा ट्रिनिटीले ११–९ को अग्रता लिएपनि जित हात पार्न सकेन ।

गल्र्सको उपाधि भिडन्तमा नासाले ट्रिनिटीलाई नै ४०–२८ ले हरायो । नासाकी अनिशा बस्नेतले १७ अंक जोडिन् । सुरुको क्वाटरमा १०–११ ले पछि परेको नासाले दोश्रोमा १२–२ र तेश्रोमा १२–८ को अग्रता हासिल गर्दै जितको आधार खडा ग¥यो । चौथोमा ट्रिनिटी ७–६ ले अगाडि रह्यो । ब्वाइजमा सीसीआसरीका आशिष बस्नेत तथा गल्र्समा फाइनलकी सर्वाधिक स्कोरकर्ता नासाकी अनिशा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, बर्नहार्टका अध्यक्ष भूपेश छत्कुली, प्रबन्ध निर्देशक नवराज अधिकारी, एकेडेमिक सल्लाहकार नारायण चापागाईं र सहायक प्रिन्सिपल पुरुषोत्तम विष्ट तथा प्रतियोगिता संयोजक किरण महर्जनले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । भदौ २३ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २६ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Share your thoughts: