उत्कृष्ट पारी खेलेका अनिल सतकबाट चुके

काठमाडौं,भदौ. २६ । मलेसियामा जारी यरु १९ एसिया कप छनोट अन्तर्गत थाईल्यान्ड बिरुद्धको खेल अनिल कुमार शाहले उत्कृष्ट पारी खेलेका छन् । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका शाहले आक्रमक पारि खेल्दै ७४ बलमा ९१ रन बनाएर आउट भए । छ चौका र पाँच छक्का हानेका शाह पानाशाक डेईनमालिडोईको बलमा सक्चाई प्राकेईको हातबाट क्याच थमाएर आउट भएका हुन् ।


आशिफ शेख आठ दशमलब एक ओभरमा आउट भएपछि क्रिजमा आएका अनिलले सन्दिप सुनारसँग मिलेर दोश्रो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए भने कप्तान दिपेन्द्र सिंह ऐरीसँग तेश्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए ।


नेपालको ३२ दशमलब ६ ओभरमा १८० रन हुँदा आउट भएका अनिलले चौथों विकेटका लागि प्रनित थापा मगरसँग मिलेर ३४ रनको साझेदारी गरेका थिए । 

Share your thoughts: