थाईल्यान्डविरुद्ध सन्दिपको नाममा सात विकेट

काठमाडौं,भदौं २६ । यू १९ एसिया कप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा पुर्व कप्तान तथा लेग स्पिनर सन्दिप लामिछानेले सात विकेट लिएपछि नेपालले थाईल्यान्डलाई २५५ रनको विशाल अन्तरले पराजित गरेको छ । २८२ रनको विशाल लक्ष्य पक्षाएको थाईल्यान्ड १० ओभरमा मात्र २६ रनमा समेटिन पुग्यो । चार ओभर बलिङ गरेका सन्दिपले छ रन खर्चेर सात विकेट लिएका हुन् । सन्दिपले आफ्नो तेश्रो ओभरको तेश्रो बलमा विकेट निकाल्दै सन्दिपले आफ्नो पाँच विकेट पुराएका थिए भने चौंथो ओरको अन्तिम बलमा विकेट निकाल्र्दै आफ्नो व्यक्तिगत सातौ। र टोलिको लागि १०औं विकेट लिएका हुन् । 

उनले आफ्नो पहिलो ओभरमा नै तेश्रो र पाँचौ बलमा र दोश्रो ओभरको चौंथो र पाँचौ बलमा पनि विकेट लिएका थिए । गत महिना सिंगापुरमा भएको यू १९ विश्व कप छनोट खेलमा पनि सन्दिपले तीनवटा पाँच विकेट आफ्नो नाममा लेखाएका थिए । 

नेपालका लागि किशोर महता नन्दन यादव र कप्तान दिपेन्द्र सिंह एरीले पनि एक एक विकेट लिएका थिए । यस अघि पहिलो ब्याटिङ गरेको नेपालका मध्यक्रमका ब्याट्सम्यानहरु अनिल कुमार शाह र प्रनित थापा मगरको अर्ध शतकिय पारीको मद्दमा नेपाल यू १९ ले थाईल्यान्ड यू १९ लाई दुई सय ८२ रनको बिशाल लक्ष्य दिएको थियो ।

मलेसियामा जारी यरु १९ एसिया कप छनोट अन्तर्गतको क्लब अमानमा भएको खेलमा थाईल्यान्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका अनिलको ९१ रन र पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका प्रनितको ५० रनको मद्दतमा नेपालले ५० ओभरमा सात विकेट गुमाउँदै २८१ रनको विशाल योगफल बनायो । अनिल आक्रमक पारि खेल्दै ७४ बलमा ९१ रन बनाएर आउट भए । छ चौका र पाँच छक्का हानेका शाह पानाशाक डेईनमालिडोईको बलमा सक्चाई प्राकेईको हातबाट क्याच थमाएर आउट भएका हुन् ।

आशिफ शेख आठ दशमलब एक ओभरमा आउट भएपछि क्रिजमा आएका अनिलले सन्दिप सुनारसँग मिलेर दोश्रो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए भने कप्तान दिपेन्द्र सिंह ऐरीसँग तेश्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । आशिफले २१, सन्दिपले ३२ र कप्तान ऐरीले २२ रनको योगदान दिए । 


नेपालको ३२ दशमलब ६ ओभरमा १८० रन हुँदा आउट भएका अनिलले चौथों विकेटका लागि प्रनित थापा मगरसँग मिलेर ३४ रनको साझेदारी गरेका थिए । ६१ बलमा ५० रनको पारी खेलेका प्रनितले तीन चौका र एक छक्का हिर्काए ।

त्यस्तै रोहित कुमार पौडेलले ३० बलमा २८ र पवन शरर्फले १९ बलमा २२ रन बनाएका थिए ।

Share your thoughts: