सचिनका छोरा मुम्बईको यु–१९ टोलीमा

मुम्बई– भारतीय क्रिकेटका चर्चित पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन पनि राष्ट्रिय टोलीमा स्थान बनाउन लालायित देखिएका छन्। उनको छनोट मुम्बईको युथ–१९ टोलीमा भएको छ। अर्जुन बडोदामा आयोजना हुन लागेको जेवाई लेले अल इन्डिया युथ–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताका लागि मुम्बई टिममा समावेश भएका छन्। 

प्रतियोगिता १६ देखि २३ सेप्टेम्बरसम्म हुनेछ। अर्जुनले यसअघि मुम्बईको युथ–१४ र युथ–१६ टिमबाट पनि क्रिकेट खेलिसकेका छन्।  उनी पहिलो पल्ट मुम्बईको युथ–१९ टोलीमा समावेश भएका हुन्। मुम्बईको १८ सदस्यीय टिम यस प्रतियोगितामा समावेश छ। अर्जुन बाँया हातले बलिङ गर्नुका साथै ब्याटिङ पनि गर्छन्। उनी आफ्नो बाबु सचिन बिपरित तीब्र बलर हुन्। 

अर्जुन केही समयअगाडि इङ्ल्यान्डमा सम्पन्न भएको महिला विश्व कपमा भारतीय महिला क्रिकेट टिमलाई नेट्समा बलिङ गर्दै गरेको देखिएका थिए।  उनी २०१० मा पहिलो पल्ट युथ–१३ टिममा समावेश भएका थिए। यसपछि उनी पश्चिमी क्षेत्रका लागि युथ–१४ टोलीमा छानिए। उनले युथ–१४ मा खार जिमखानाबाट खेल्ने क्रममा सतक पनि बनाएका थिए। २०११ मा २२ रन खर्चेर ८ विकेट लिए पछि उनी चर्चामा आएका थिए। 

-nepallive

Share your thoughts: