भुटानविरुद्ध पहिले बलिङ गर्दै नेपाल,तेस्रो ओभरमै सफलता

काठमाडौं,भदौं २८ । एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको किन्नारा ओभलमा टस जितेर भुटानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पहिले बलिङ गरेको नेपालले सुरूआती सफलता पाएको छ।

तेस्रो ओभरको दोस्रो बलमा नेपालले भुटानको विकेट लिएको हो। नेपालका लागि नन्दन यादवले पहिलो विकेट लिए। यसअघि आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले हराएको नेपाल प्रतियोगिताकै बलियो टिम हो। यस्तै भुटान भने सिंगापुरसँग ९ विकेटले हारेको थियो। पहिलो खेलमा बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा पनि जित निकाल्ने लक्ष्य राखेको छ।


थाइल्यान्डसँग नेपालले पहिलो ब्याटिङ गरेर २ सय ८१ रन बनाएको थियो। अनिल साहले ९१ तथा प्रनित थापा मगरले ५० रनको योगदान गरेका थिए। बलिङतर्फ सन्दीप लामिछानेले ७ विकेट लिएपछि थाइल्यान्ड २६ रनमै अलआउट भएको थियो। समूह ‘ए’मा रहेको नेपालले सिंगापुरसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। नेपालसँग प्रतिस्पर्धा गर्नुअघि सिंगापुरले भुटान र थाइल्यान्डलाई हराइसकेको छ।

Share your thoughts: