दिल्ली डेयरडेविल्स पूर्व कार्यकारी प्रमुख अमृत माथुर नेपालमा (फोटोफिचर)

काठमाडौं- भारतीय चर्चित इण्डियन प्रमियर लिग आईपिएल टोलि दिल्ली दिल्ली डेयरडेविल्स पूर्व कार्यकारी प्रमुख अधिकृत अमृत माथुर नेपाल आएका छन् । उनी एभरेष्ट प्रिमियर लिग ईपिएल को निमन्त्रणामा नेपाल आएका हुन् । ईपिएलका सहभागि छ टोलिलाई विशेष प्रशिक्षण दिनका लागि माथुर नेपाल आएका हुन् । भोलि राजधानीमा आयोजना हुन लागेको प्रशिक्षणमा माथुरले विशेष गरि ईपिएलको व्यवसायीकताको बारेमा र यसबाट कसरी नाफा कमाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनेछन् ।


चार भागमा बिभाजन गरिएको प्रशिक्षणको पहिलो भागमा फ्रेन्चाइज टोलिका मालिकहरु सहभागि हुनेछन् भने दोश्रो भागमा टोलिका म्यानेजर, प्रमुख कार्यकारी अधिकृतले सहभागिता जनाउने छन् । त्यस्तै तेश्रो भागमा मार्कि खेलाडीहरु हुनेछन् भने चौथो भागमा पत्रकार सम्मेलन आयोजना गरेर समापन गरिनेछ । माथुरले भारतीय क्रिकेट टोलिको मिडिया म्यानेजरका रुपमा पनि लामो समय काम गरेका थिए । उनी हिन्दस्तान टाइम्सका कोलमिस्ट हुन् ।

Photo credit :- Nepali Cricket Supporters Society (NCSS)

Share your thoughts: