भारतीय टिमलाई ठूलो झट्का,उत्कृष्ट फर्ममा रहेका धवन ३ खेल नखेल्ने

नयाँ दिल्ली–  भारतीय टिमलाई ठूलो झट्का लागेको छ। अस्ट्रेलियाविरुद्ध एकदिवसीय शृंखलाभन्दा पहिले टिमका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन ३ खेलमा अनुपस्थित रहने छन्। उत्कृष्ट फर्ममा रहेका धवन श्रीमतिको स्वास्थ्य अचानक बिग्रिएपछि उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सँग तीन खेलमा आफूलाई बाहिर राख्न अनुमति मागेका थिए। 

उनको अनुरोधलाई बिसिसिआईले स्विकार गरेको छ। बिसिसिआईले प्रेस रिलिज सार्वजनिक गर्दै यो जानकारी दिएको छ। उनको स्थानमा तत्कालै अर्को खेलाडीलाई छनोट गरिएको छैन्। धवनको अनुपस्थितिमा रोहित शर्मासँग लोकेश राहुल नभए  कप्तान विराट कोहलीले इनिङको सुरुवात गर्न सक्ने बताइएको छ। 

Share your thoughts: