पाकिस्तानी ब्याट्सम्यान लतिफलाई ५ वर्ष निलम्बित

काठमाडौं,असोज ५ ।  कराची– स्पर्ट फिक्सिङको आरोपमा मुछिएका पाकिस्तानी ब्याट्सम्यान खलिद लतिफलाई पाकिस्तानी क्रिकेट बोर्ड(पिसिबी) ले ५ वर्षका लागि निलम्बन गरेको छ। 

यस अवधिमा उनले क्रिकेटको कुनै पनि गतिविधिमा भाग लिन पाउने छैनन्। पिसिबीको छानवीन समितिले गत वुधबार अनुसन्धानका क्रममा दोषी पाएको थियो। पाकिस्तानी क्रिकेटलाई फिक्सिङमुक्त गराउने अभियानअन्तर्गत पिसिबीले टि–२० पाकिस्तान सुपर लिगमा भएका भ्रष्टाचार सम्बन्धि मुद्धामा छानवीन गरिरहेको छ। 

३१ वर्षीय लतिफले ५ एकदिवसीय र १३ टि–२० खेलेका छन्। उनलाई १० लाख पाकिस्तानी रुपैयाँ पनि आर्थिक जरिवाना लगाइएको छ। इस्लामाबाद युनाइटेडका ब्याट्सम्यान सर्जिल खानलाई पनि गत महिना ५ वर्षका लागि निलम्बन गरिएको थियो। 

अलराउन्डर मोहम्मद नवाज र सिमर मोहम्मद इरफान पनि छानवीनको दायरामा परेपछि उनीहरुलाई खेल्न रोक लगाइएको छ। बेलायतको राष्ट्रिय अपराध शाखाले आफ्नो जासुसी रिपोर्ट पिसिबीलाई उपलब्ध गराएपछि पाकिस्तानी क्रिकेट सक्रिय भएको थियो। 

-नेपाल लाइभ

Share your thoughts: