विश्व क्रिकेट लिग: नेपाल भर्सेस हङकङ [LIVE]

काठमाडौं,असोज २७  – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ  हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले सुखद सुरुवात गरेको छ । नेपालका  करणले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका छन्।   नेपाली टिम स् परस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी,  सन्दीप लामिछाने, सागर पुन, सोमपाल कामी, विनोद भन्डारी, करण केसी, आरिफ शेख, सुसन भारी, बसन्त रेग्मी । 

शुक्रबार र आइतबार हुने दुई खेलले नेपालको आगामी यात्रा तय गर्नेछ। जित हात पारे तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित रहनेछ। हारले नेपाल डिभिजन–२ मा झर्नेछ। यद्यपि डिभिजन–२ मा शीर्ष दुईभित्र पर्न सके एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ। डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ।


Share your thoughts: