नेपाल र हङकङबीचको आज पनि समयमै सुरु हुन सकेन

काठमाडौं,असोज ३० । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नियमित वर्षाका कारण नेपाल र हङकङबीचको दोस्रो खेल सोमबार वर्षाका कारण प्रभावित भएको छ। आइतबार तय भएको खेल हङकङमा उच्चस्तरको सामुन्द्रिक आँधी आएका कारण सोमबारको बैकल्पिक दिनलाई सारिएको थियो। तर, आँधी पश्चात नियमित वर्षा भइरहेका कारण विहान सुरु हुने खेल अहिलेसम्म सुरु हुन सकेको छैन्।

अहिले भने वर्षा रोकिएसँगै घाम देखिएको हङकङ क्रिकेटले जनाएको छ। मैदानमा पानी भएका कारणले खेल स्थानिय २ बजेर ४७ मिनेट (नेपाली समय ५ बजेपछि) मात्रै सुरु गर्न सकिने हङकङ क्रिकेटले जनाएको छ।

उक्त समयमा खेल खेलभएमा ओभर घटाएर खेलाइनेछ। खेल नभएमा दुवै टोली १–१ अंक बाड्नेछन्। अंक बाडेको खण्डमा नेपालको शीर्ष चारमा रहँदै विश्वकप छनोटमा पुग्ने सम्भावना सकिनेछ। हङकङसँगको अन्तिम र युएईसँगको दुई खेल जितेको खण्डमा छनोट हुन नेपाललाई अन्य टोलीको नतिजामा भरपर्नुपर्ने अवस्था थियो। शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो। च्याम्पियनसिपबाट विश्वकप छनोट हुन नसके नेपाल डिभिजन दुई खेल्नेछ। जसका शीर्ष दुई टोली पनि विश्वकप छनोटमा पुग्नेछन्।

Share your thoughts: