डिभिजन–२ का सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछाने

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाली टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने 'प्लेयर अफ दि सिरिज' (सर्वोत्कृष्ट खेलाडी) बनेका छन्। बिहीबार भएको उपाधि भिडन्तमा युएईसँग ७ रनले पराजित हुनुका बावजुद नेपालका सन्दीपले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्।

अघिल्लो महिना इण्डियन प्रिमयर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै चर्चाको शिखरमा पुगेका सन्दीपले डिभिजन–२ मा सानदार बलिङ गरेका थिए। सन्दीपले प्रतियोगिताभर ६ खेल खेल्दै १७ विकेट लिन सफल भए। उनले ५४.२ ओभरमा बलिङ गर्दै ९ मेडन राख्दा १ सय ७६ रन खर्चिए। प्रतियोगितामा ओमानका बलर बिलाल खानले पनि १७ विकेट लिए पनि इकोनोमीमा सन्दीप भन्दा पछि रहे।

सन्दीपले प्रतियोगिता नामिबिया विरुद्ध ४ विकेट लिँदा १८ रन खर्चिए। दोस्रो खेलमा ओमान विरुद्ध २ विकेट लिन २९ रन दिए। तेस्रो खेलमा सन्दीपले तेस्रो खेलमा यूएई विरुद्ध ३ विकेट लिँदा ३० रन खर्चिए। केन्या विरुद्ध ५ विकेट लिन २० रन खर्चिएका सन्दीपको यो प्रदर्शन करिअरकै उच्च प्रदर्शन हो। अन्तिम खेलमा क्यानडा विरुद्ध २ विकेट लिन ४० रन र फाइनलमा यूएई विरुद्ध १ विकेट लिन ३९ रन खर्चिए।

Share your thoughts: