आफ्नो टिम ‘दिल्ली'सँग सन्दिप लामिछाने अभ्यासमा (फोटोफिचर)

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)  मा नेपालबाटै पहिलो पटक सहभागिता जनाउने सौभाग्य पाएका सन्दिप लामिछाने पहिलोपटक आफ्नो टिमका खेलाडीहरुका साथ मैदानमा उत्रिएका छन् ।
उनले बिहीबार आफ्नो टिम ‘दिल्ली डेयरडेभिल्स’ का खेलाडीहरुसँग मैदानमा अभ्याससमेत गरे । प्रशिक्षक रिकी पोन्टिङ, कप्तान गौतम गाम्भीरलगायत अन्य खेलाडीहरुसँग सन्दिप निकै उत्साहित हुँदै मैदानमा फिटनेश अभ्यासमा सहभागी भएका हुन् । दिल्ली डेयरडेभिल्सले आफ्नो पहिलो म्याच ८ अप्रिलमा किंग्स इलेभेन पञ्जावसँग खेल्दैछ ।



Share your thoughts: