‘सन्दिप प्लेइङ ११ मा पर्ने सम्भावना बलियो छ’- प्रशिक्षक रिकी पोन्टिङ


काठमाडौं । दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले नेपाली युवा स्पिनर सन्दिप लामिछाने टिममा पर्ने सम्भावना बलिया रहेको बताएका छन् । दिल्ली डेयरडेभिल्सले बिहिबार आयोजना गरेको पत्रकार सम्मेनलमा प्रशिक्षक पोन्टिङले सन्दिपले आफूलाई निखार्दै लगेको र बलिङमा दिनप्रतिदिन सुधार गर्दै गईरहेको बताएका हुन् ।

पोन्टिङले भने, “स्याण्डी (सन्दिप)  निपुण स्पिनर क्रिकेटर हुन् । उसले अभ्यासमा निकै राम्रो गरिरेहको छ । उ युवा छ, अभ्यासमा नथाक्ने जोश देखाएको छ । सन्दिपले आफूलाई दिन प्रतिदिन प्रगति गर्दै गैरहेको छ ।” यस्तै प्रशिक्षक पोन्टिङले सन्दिप क्रिकेटमा उदाउँदा खेलाडी रहेको र सन्दिपसँग टिमलाई चाहिएको बेला उचित बलिङ गर्न सक्ने क्षमता भएको बताए । ”  साथै उनले टिममा उनले राम्रो वातावरण बनाएको र खुल्ला मिजास भएका खेलाडीका रुपमा रहेकाले दिल्ली डेयरडेभिल्सको टिम ११ मा पर्ने सम्भावना निकै रहेको बताए ।


Share your thoughts: