न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका इंग्लिस खेलाडी बेन स्टोक्स न्यूजिल्याण्डको अवार्डमा मनोनित

एजेन्सी । इंग्ल्याण्डको तर्फबाट विश्वकप खेल्दै न्यूजिल्याण्डलाई हराउँदा नायक बनेका बेन स्टोक्सलाई न्यूजिल्याण्डको अवार्डको लागि मनोनित गरिएको छ । फाइनलमा खेलमा न्यूजिल्याण्ड विरुद्ध नटआउट ८४ रन बनाएका २८ वर्षीय स्टोक्सले सुपर ओभरमा पनि राम्रो प्रदर्शन गरेका थिए । फिल्डीङ तथा बलिङ दुबैमा अब्बल प्रदर्शन गर्दैै प्लेयर अफ द फाइनल चुनिएका स्टोक्सलाई न्यूजिल्याण्डर अफ द एयर अर्थात् न्यूजिल्याण्डको वर्ष व्यक्ति अवार्डको लागि मनोनित गरिएको खबर बाहिरिएको छ ।

उक्त अवार्ड मनोनयन समितिका प्रमुख क्यामरुन बेन्नेटले स्थानीय पत्रिकासँग कुरा गर्दै उनले भने, ‘न्यूजिल्याण्डको टोलीबाट नखेलेपनी उनी यतै जन्मेका हुन् । उनका आमा बुवा अझै क्राइसचर्चमै बस्छन् । न्यूजिल्याण्डको ठुलो जमात् उनलाई आफ्नै ठान्छन् ।’

स्टोक्स न्यूजिल्याण्डको शहर क्राइसचर्चमा जन्मेका हुन् । १२ वर्षको उमेरमा उनी आफ्नो परिवारसँगै इंग्ल्याण्ड आएका थिए र उनको क्रिकेट करियर त्यहि जम्न सफल भयो ।

उक्त अवार्डको लागि स्टोक्सको साथ न्यूजिल्याण्डको कप्तान केन विलियमसन पनि छानिएका छन् । बेन्नेटका अनुसार विलियमसनको उत्कृष्ट क्षमताका कारण उनी छनौट भएका हुन् । त्यस्तै उनले १५ वर्ष माथीका सबै न्यूजिल्याण्डका जनता यो अवार्डमा मनोनयन हुन योग्य रहेको खुलासा गरेका छन् ।

Share your thoughts: