राहुल आईपीएलको एकै पारीमा सर्वाधिक रन जोड्ने पहिलो भारतीय खेलाडी

एजेन्सी । केएल राहुल इण्डियन प्रिमियर लिग (आईपीएल) को एकै पारीमा सर्वाधिक रन जोड्ने पहिलो भारतीय खेलाडी बनेका छन् । किङ्‌स इलाभेन पञ्जाबका कप्तान राहुलले एकै पारीमा सार्वाधिक १३२ रन जोडका हुन् ।

विकेट किपर ब्याट्सम्यान राहुलले १३ औं संस्करणको आईपीएलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध यो रेकर्ड बनाएका हुन् । यससँगै राहुलले यसअघि ऋसभ पन्तको नाममा रहेको उक्त कीर्तिमान आफ्नो नाममा राखेका छन् ।  

पन्जाबका लागि ओपनिङ ब्याटिङ गर्न आएका राहुले ६९ बलको सामना गर्दै १४ चौका र ७ छक्काको मद्दतमा १३२ रनको शतकीय पारी खेलेका थिए । यो जारी आईपीएलको शतक समेत हो । १ सय ५७ रन बनाउँदा १८ ओभर सक्काएको पञ्जाबका लागि राहुलले १९ औं ओभरमा बलर डेल स्टेनलाई २६ रन हिर्काएका थिए ।

बैंग्लोरविरुद्ध सर्वाधिक रन बनाउने भारतीय खेलाडीको कीर्तिमान बनाएका राहुलले अहिलेसम्म आईपीएलमा अहिले ६९ खेल खेलेका छन् । जसमा ६० पटक ब्याटिङ गर्दा १२ पटक अविजित रहँदै २१ सय ३० रन प्रहार गरेका छन् । राहुलले अहिलेसम्म आईपीएलका ६९ खेल खेलेका छन् । जसमा ६० पटक ब्याटिङ गर्दा १२ पटक अविजित रहँदै २ हजार १३० रन जोडेका छन् ।

यसअघि आईपीएलको एकै पारीमा सर्वाधिक रन जोड्ने भारतका रिसभ पन्त १ सय २८ रन जोडका थिए । पन्त अब दोस्रो स्थानमा झरेका छन् । त्यस्तै मुरली विजयले १ सय २७ रन बनाउँदै तेस्रो स्थानमा छन् भने विरेन्द्र सेहवागले  एकै पारीमा १ सय २२ रन जोड्दै चौथो स्थानमा छन् । ऋदीमन साहले एके पारीमा १ सय १५ रन जोडका थिए ।

आईपीएलको इतिहासमा एकै पारीमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान भने वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ । उनले यसअघि पुने सुपर जाइन्टविरुद्धको खेलमा सर्वाधिक १ सय ७५ रन बनाएका थिए ।

Share your thoughts: