क्रिकेट ट्रेनिङ सेन्टर र ग्रेटर हिमालयन क्रिकेट एकेडेमी क्वाटर फाईनलमा

काठमाडौं । काठमाडौं  क्रिकेट ट्रेनिङ सेन्टर र ग्रेटर हिमालयन क्रिकेट एकेडेमी प्रथम गणेश बहादुर प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । काठमाडौंको टुडिखेलमा आइतबार सम्पन्न खेलमा केसीटिसीले जेभिएर ईन्टरनेशनल कलेजलाई र गे्रटर हिमालयन क्रिकेट एकेडेमीले राईजिङ ११ लाई पराजित क्वाटर फाईनल प्रबेश गरेका छन् ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा जेभिएर ईन्टरनेशनल कलेजलाई ४ विकेटले पराजित गर्दै केसीटिसी क्वाटर फाइनलमा प्रवेश गरेको हो । केसीटिसीले टस जितेर फिल्डिङ रोज्दा ब्यटिङ गर्ने निम्तो पाएको जेभिएर ईन्टरनेशनल कलेजले निर्धारित २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । जेभिएर ईन्टरनेशनल कलेजका रवि शाहले २४ रनको योगदान गरेका थिए । बलिङतर्फ रित गौतमले २ विकेट लिए ।

८० रनको लक्ष्य पछ्याउदै ब्याटिङ मा उत्रेको केसीटिसी १७.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भट्टायो । केसीटिसीका बिश्वास श्रेष्ठले १३ रन बनाएका थिए । केसीटिसीका प्रतिक कान्त ले ४ ओभरमा ११ रन खर्चिदै ४ वीकेट लिन सफल भए ।

आइतबार नै सम्पन्न अर्को खेलमा राईजिङ ११ लाई ४९ रनले पराजित गर्दै ग्रेटर हिमालयन क्रिकेट एकेडेमी क्वाटर फाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिला व्यटिङ गरेको गे्रटर हिमालयन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरको समाप्तिमा  अल आउट हुदै १ सय ५ रन बनाएको थियो । जिएचसीएका रबिन्द्रजंग शाहीले सर्वाधिक ३० रन बनाएका थिए । बलङि तर्फ राईजिङ ११  का प्रकास सिंहले ४ ओभर मा २० रन दिदै ३ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गरेको राईजिङ ११ ले  १७ दशमलब २ ओभरमा अलआउट हुँदै ५७ रन मात्र बनाउन सक्यो । राईजिङ ११ का रामेश्वर बिष्ट ११ रन बनाएका थिए ।  जिएचसीए का प्रदिप टन्डन ले २ ओभरमा १ मेडन ४ रन खर्चिदै ३ विकेट लिए । 

१६ टिमले भाग लिएको प्रतियोगिता २४ गतेसम्म सञ्चालन हुनेछ । यसअघि ओमेगा कलेज, केसीटिसी, सगरमाथा र हिमालयन क्रिकेट एकेडेमी क्वाटरफाईनलान प्रबेश गरिसकेका छन् । 

Share your thoughts: