यू-१९ एसिया कप छनोटको खेल तालिका सार्वजनिक,नेपालको भिडन्त कहिले ?(तालिका सहित)

काठमाडौं,भदौं २० । यू १९ एसिया कप छनोटको खेल तालिका सार्वजनिक भएको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताको खेल तालिका आज एसियाली क्रिकेट काउन्सिलले एसिसिले सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार नेपाल यू १९ ले यू १९ एसिया कप छनोटको खेलको आफ्नो पहिलो खेलमा सेप्टेम्बर ११ मा थाईल्यान्ड बिरुद्ध खेल्ने भएको छ ।  काठमाडौं,भदौं २० - यू १९ एसिया कप छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

मलेसियामा आयोजना हुने प्रतियोगिताको खेल तालिका आज एसियाली क्रिकेट काउन्सिलले एसिसिले सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार नेपाल यू १९ ले यू १९ एसिया कप छनोटको खेलको आफ्नो पहिलो खेलमा सेप्टेम्बर ११ मा थाईल्यान्ड बिरुद्ध खेल्ने भएको छ ।

समुह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा सेप्टेम्बर १३ मा भुटान बिरुद्ध खेल्नेछ भने समुह चरणको अन्तिम खेलमा १४ तारिखमा सिंगापुर बिरुद्ध खेल्नेछ । पहिलो र दोश्रो हुने टोलिले १६ सेप्टेम्बरमा हुने सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् भने फाईनल खेल १७ तारिखमा किन्नारा ओभल क्रिकेट मैदानमा हुनेछ ।

यू १९ टोलिको अन्तिम १४ जनाको नाम येस अघि नै सार्बजनिक गरिएको छ । करिब एक हप्ताको बन्द प्रशिक्षण पछि १४ जनाको नाम सार्बजनिक गरिएको थियो । टोलिको कप्तानमा दिपेन्द्रसिंह ऐरीलाई नियुक्त गरिएको छ । यस अघि लेग स्पिनर सन्दीप लामिछाने यू १९ टोलिका कप्तान थिए भने दिपेन्द्र उपकप्तान थिए ।


यू १९ एसिया कप छनोट खेलका लागि अन्तिम १४


दिपेन्द्रसिंह ऐरी (कप्तान)

सन्दिप लामिछाने

अनिल कुमार शाह

सन्दिप सुनार

पवन सर्राफ

रोहित कुमार पौडेल

प्रनित थापामगर

शाहव आलम

आशिफ शेख 

किशोर महतो

विक्रम कुमार भूषाल

सन्दिप जोरा

नन्दन यादव

सुमित महर्जन


ललित नारायण राजवंशीप्रकाश केसीरिजन ढकालकमलसिंह ऐरी


सेप्टेम्बर ११   नेपाल बिरुद्ध थाईल्यान्ड

सेप्टेम्बर १३ नेपाल बिरुद्ध भुटान

सेप्टेम्बर १४ नेपाल बिरुद्ध सिंगापुर

तस्विर: सौजन्य: कौशल अधिकार

Share your thoughts: