को-को हुन् इपिएल क्रिकेटको टिम मालिक र मार्क्यु खेलाडी ?

काठमाडौं,भदौं २३ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग ९इपिएल० क्रिकेटको टिम मालिक र माक्र्यु खेलाडी सार्वजनिक गरिएको छ । आगामी डिसेम्बरमा आयोजना हुने इपिएल क्रिकेटको टिम मालिक र माक्र्यु खेलाडी आयोजकले शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने इपिएल क्रिकेटमा काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखरा गरि ६ सहरको सहभागिता रहेको छ । ६ टोलीका माक्र्यु खेलाडीमा नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकार, तिब्र गतिका बलर सोमपाल कामी र बायाँ हाते स्पिनर शक्ति गौचन र यू १९ क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् । माक्र्यु  खेलाडीको न्युनतम पारिश्रमिक २ लाख रहेको छ । तर, माक्र्यु  खेलाडी नै टिमको कप्तान हुनु पर्छ भन्ने नियम भने नरहेको आयोजकले जनाएको छ ।

इपिएल क्रिकेटमा रोहित गुप्ताको टिम काठमाडौं किंग्स इलाभेनको माक्र्यु खेलाडी सोमपाल कामी, किशोर महर्जन मालिक रहेको ललितपुर प्याट्रओट्सको माक्र्यु खेलाडी ज्ञानेन्द्र मल्ल र बिशाल अग्रवाल मालिक रहेको विराटनगर वारिवर्सको माक्र्यु खेलाडी पारस खड्का रहेका छन् । यस्तै, आदित्य संघाई मालिक रहेको भैरहवा लिजेण्डको माक्र्यु खेलाडी शरद भेषवाकर शाहील अग्रवाल मालिक रहेको पोखरा राइनोजका माक्र्यु  खेलाडी शक्ति गौचन र किशोर भट्टराई मालिक रहेको चितवन टाइगर्सको माक्र्यु खेलाडी दिपेन्द्र सिंह ऐरी रहेका छन्  ।

प्रतियोगिताका लागि अन्य खेलाडीहरु भने अक्सनबाट छनौट गरिनेछ । अक्सनमा ए, बि र सी समूहका खेलाडी रहने छन् । एक टिममा १५ खेलाडी रहनेछन् । १० खेलाडी अक्सनबाट, तीन विदेशी र एक जना ट्यालेन्ट हन्ट बाट खेलाडी छनौट गरिनेछ । टिममा तीन विदेशी खेलाडी अनिवार्य गर्नुपर्ने हुन्छ । इपिएल क्रिकेट  राउन्ड रोविन लिगका आधारमा संचालन हुने छ । इपिएलको विजेताले २१ लाख प्राप्त गर्ने छन् । सहभागी प्रत्येक टिमले लिगमा एक अर्कासँग एक एक खेल खेल्नेछन् ।


र, शिर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  ।


यस पटकका 


टोलि र तिनका मालिक यस प्रकारका छन् :


काठमाडौं – रोहित गुप्ता, टेली टक प्रालि


ललितपुर – किशोर महर्जन, महर्जन सिभिल बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत हुन् 


पोखरा – शाहिल अग्रवाल, शंकर गु्रप


चितवन – किशोर भट्टराई


विराटनगर – विशाल अग्रवाल, विशाल ग्रुप


भैरहवा – आदित्य साङ्गाई, त्रिवेनि ग्रुप (सगरमाथा सिमेन्ट)

Share your thoughts: