नेपाल र युएईबीचको खेल डिसेम्बरमा

काठमाडौं,भदौं २४ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो सातौ तथा अन्तिम चरणको खेलमा संयुक्त अरब ईमिरेट्स (युएई) बिरुद्ध डिसेम्बरमा खेल्ने भएको छ । क्रिकेटिङ्ग नेपाललाई प्राप्त सुचना अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषदले निकालेको खेल तालिका अनुसार खेल डिसेम्बरको ६ र ८ मा हुनेछ । नेपाल र युएईको खेल न्युट्रल भेन्युमा खेल हुनुपर्ने भएता पनि खेल दुबईमा हुनेछ । 

आगामी अक्टोबर १३ र १५ मा नेपालले हङकङमा प्रतियोगिताको ११औं र १२ औं खेल खेल्दै छ भने १३औं र १४औं खेल युएई बिरुद्ध खेल्ने छ ।  १०औं खेल सकिँदा सम्म नेपाल आठ अंक सहित छैठौं स्थानमा छ भने युएई १० खेलमा चार अंक सहित अंक तालिकाको अंतिममा छ । सन् २०१८ को विश्वकप छनोट पनि रहेको यस प्रतियोगितामा नेपालले अब हुने बाँकी सबै खेल जिते मात्र पहिलो चार टोलिको लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ 

Share your thoughts: