एसीसी यु–१९ एसिया कपमा सोमबार नेपालले थाईल्याण्डको सामना गर्ने

काठमाडौं,भदौं २५ । नेपालले एसीसी यु–१९ एसिया कपको छनोटमा सोमबार थाइल्यान्डको सामना गर्दैछ । पहिलो खेलअघि प्रशिक्षक विनोद दासले खेललाई ब्याटिङमा आएको परिवर्तनलाई परिक्षण गर्ने मौकाका रुपमा लिइने बताउनु भएको छ ।

त्यस्तै कप्तान दिपेन्द्रसिंह ऐरीले प्रतियोगितामा उत्कृष्ट खेल देखाउँदै च्याम्पियन बन्ने योजना रहेको बताए ।   नेपालले दोस्रो खेल भदौ २८ मा भुटानको सामना गर्नेछ भने तेस्रो खेल भदौ २९ गते सिंगापुरसँग भिड्नेछ ।

आ–आफ्नो समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनलमा पुग्ने दुई टोलीले एशिया कपको यात्रा तय गर्नेछन् ।

Share your thoughts: