सन्दीप प्रतियोगिताको उत्कृष्ट खेलाडी, दीपेन्द्र उत्कृष्ट बलर

काठमाडौं,असोज १ – नेपालका युवा स्पिनर सन्दीप लामिछाने उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनि लगातार दोस्रो प्रतियोतिगामा उत्कृष्ट खेलाडी घोषित भएका हुन् । आइतबार मलेसियामा सम्पन्न एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सन्दीप उत्कृष्ट खेलाडी घोषित भएका हुन्। सन्दीपले प्रतियोगितामा ५ खेल खेलेर १६ विकेट लिए। यसअघि सन्दीप सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा पनि उत्कृष्ट खेलाडी घोषित भएका थिए। सो प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बन्ने क्रममा उनले २४ विकेट लिएका थिए।

Share your thoughts: