यू १९ एसिया कप नोभेम्बरमा,को-को छन् सहभागि ?

काठमाडौं । आगामी नोभेम्बरको सात तारिख बाट १७ तारिख सम्म मलेसियाको राजधानी क्वालालाम्पुरमा यू १९ एसिया कप आयोजना हुने भएको छ । प्रतियोगितामा टेष्ट मान्यता प्राप्त पाँच टोलिहरु सहित तीन एसोसियट्स टोलीहरुले भाग लिने छन् ।

आइतवार सम्पन्न यू १९ एसिया कप छनोट, पुर्विय क्षेत्रको फाईनल खेलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले यू १९ एसिया कपमा आफ्नो स्थान सुरक्षित बनाइसकेको छ ।

त्यस्तै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान टेष्ट मान्यता प्राप्त देशका रुपमा सिधै छनोट भएका छन् भने मलेसिया आयोजक राष्ट्रका रुपमा आफ्नो स्थान पक्का गरेको छ ।  अब आगामी अक्टोबरमा आयोजना हुने यू १९ एसिया कप छनोट, पश्चिमी क्षेत्रको बिजेताले पनि यू १९ एसिया कपका लागि टिकट काट्ने छ ।

Share your thoughts: