ईपिएलको खेलाडी दर्ता सोमबारदेखि खुल्ने

काठमाडौं । एभेरेष्ट प्रिमियर लिग (इपीएल) को खेलाडी दर्ता सोमबारदेखि खुल्ने भएको छ । आयोजकले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै बहु प्रतिष्ठित प्रतियोगिता इपिएलको खेलाडी दर्ता सोमबारदेखि खुल्ने जानकारी गराएको हो ।

खेलाडी दर्ता अक्टोबर ९ तारिखसम्म रहनेछ । खेलाडीले १ हजार नगद तिरेर आफ्नो नाम दर्ता गर्न सक्ने छन् ।तिहारपछि हुने अक्सनको लागि अहिलेदेखि नै खेलाडी दर्ता गर्न लागिएको आायोजकले बताएको छ । खेलाडी दर्ताको लागि www.eplt20.com.np मा फर्म भर्न सकिनेछ । खेलाडीलाई तीन वटा तहमा बर्गीकरण गरिएको छ । क्याटगोरी ए, बी र सी गरी तीन तहमा बर्गीकरण गरिएको छ ।

क्याटगोरी ए मा राष्ट्रिय टिममा परेको खेलाडी हुनुपर्ने मापदण्ड राखिएको छ । त्यस्तै, क्याटगोरी ए मा पर्नका लागि ३ बर्ष राष्ट्रिय टिममा परेको हुनुपर्ने छ । एउटा टिमले थोरैमा तीन जना क्याटगोरी ए को खेलाडी राख्न पाउने तथा १५ जनाको सदस्यीय टिमा ५ क्याटगोरी ए को खेलाडी राख्न पाउने मापदण्ड गरेको छ । क्याटगोरी ए को खेलाडीको लागि अक्सनमा न्यूनत्तम नगद एक लाख राखेको छ भने अधिकत्तम १ लाख ७५ हजार मुल्य तोकेको छ ।

त्यस्तै, क्याटगोरी बी मा पर्नका लागि उमेर समूह अन्तर्गत यु–१८ र यु–१९ मा सहभागिता जनाएको खेलाडी हुनुपर्ने छ । त्यस्तै, सिनियर टोलीबाट ३ भन्दा कम अन्तर्राष्ट्रिय  प्रतियोगितामा सहभागि भएका खेलाडी यो क्याटगोरीमा पर्नेछन् । एउटा टिमले क्याटगोरी बी बाट ४ जना खेलाडी राख्न पाउने छ । क्याटगोरी बी मा पर्ने खेलाडीको अक्सनमा न्यूनत्तम मुल्य ७५ हजारदेखि १ लाख २५ हजारसम्म तोकेको छ ।

क्याटगोरी सी अन्तर्गत राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाएका खेलाडी पर्ने छन् । राष्ट्रिय स्तरमा ५ बर्षदेखि सबै भन्दा बढि प्रतियोगिता खेलेका खेलाडी यो क्याटगोरीमा पर्ने छन् । क्याटगोरी सी मा पर्ने खेलाडीको न्यूनत्तम मुल्य ५० हजारदेखि अधिकत्तम ७५ हजारसम्म तोकिएको छ ।  तिहारपछि हुने अक्सनले दर्ता भएका खेलाडीहरूबाट ७० जना छनोट गर्नेछ । ६ वटा टिममा ७० जना खेलाडी आबद्ध हुने छन् ।

त्यस्तै, कार्यक्रममा इपिएल र आईएमईबीच सह–प्रायोजकको सम्झौता भएको छ । सम्झौताप पत्रमा हस्ताक्षर गर्दै इपिएलका निर्देशक आमिर आख्तरले २ बर्षका लागि सम्झौता भएको बताए । इपिएल जस्तो सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा सहकार्य गर्न पाउँदा खुशी लागेको आईएमईका सिनियर मार्केटिङ म्यानेजर ड्यानियल श्रेष्ठले बताए । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने इपिएल क्रिकेटमा काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, बीरगन्ज र पोखरा गरी ६ शहरको सहभागिता रहेको छ । 

इपिएल क्रिकेटमा रोहित गुप्ताको टिम काठमाडौं किंग्स इलाभेनको माक्र्य’ खेलाडी सोमपाल कामी, किशोर महर्जन मालिक रहेको ललितपुर प्याट्रओट्सको माक्र्य’ खेलाडी ज्ञानेन्द्र मल्ल र बिशाल अग्रवाल मालिक रहेको विराटनगर वारिवर्सको माक्र्य’ खेलाडी पारस खड्का रहेका छन् । त्यस्तै, आदित्य संघाई मालिक रहेको भैरहवा लिजेण्डको माक्र्य’ खेलाडी शरद भेषवाकर, शाहिल अग्रवाल मालिक रहेको पोखरा राइनोजका माक्र्य’  खेलाडी शक्ति गौचन र किशोर भट्टराई मालिक रहेको चितवन टाइगर्सको माक्र्य’ खेलाडी दिपेन्द्र सिंह ऐरी रहेका छन्  ।

इपिएल क्रिकेट  राउन्ड रोविन लिगका आधारमा संचालन हुने छ । इपिएलको विजेताले २१ लाख प्राप्त गर्ने छन् । सहभागी प्रत्येक टिमले लिगमा एक अर्कासँग एक एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  । 

Share your thoughts: